विवेकशील साझा पार्टीले भन्यो, ‘माफी स्वीकार गर्दै अपूर्व क्षितिज सिंहमाथिको मुद्दा फिर्ता गरौं’

विवेकशील साझा पार्टीले भन्यो, ‘माफी स्वीकार गर्दै अपूर्व क्षितिज सिंहमाथिको मुद्दा फिर्ता गरौं’

काठमाडौं : विवेकशील साझा पार्टीले कमेडियन अपूर्व क्षितिज सिंहमाथिको मुद्दा फिर्ता गर्न अपील गरेको छ।

शनिबार पार्टी प्रवक्ता प्रकाशचन्द्र परियारले विज्ञप्ति जारी गर्दै अपूर्वले युट्युबबाट भिडियो हटाएर माफी मागिसकेको अवस्थामा मुद्दा फिर्ता गर्न अपील गरेको छ।

अपूर्वको घटनाले समाजको दुई अतिवादी शक्ति मुखरर हुँदा नेपाली समाजको सहिष्णु शक्तिमा समेत क्षय हुँदै गएको भन्दै उसले सबै पक्षलाई संवेदनशील हुन आह्वान गरेको छ।

सरकारले पक्ष वा विपक्षमा भएका समूहलाई उत्तेजित हुन नदिई सहज वातावरणका साथ विषयलाई टुंग्याउन र मुद्दा दायर गरेकाहरूलाई विश्वासमा लिएर समस्या समाधानको वातावरण बनाउन पार्टीले आग्रह गरेको छ।

त्यसैगरी, पार्टीले मर्यादित अभिव्यक्ति स्वतन्त्रताको अभ्यासका लागि सचेत र जिम्मेवार हुँदै कला प्रस्तुत गर्न पाउने प्रत्याभूतिका लागि वातावरण बनाउन कलाकार, सरकार र सरोकारवालाहरूलाई आग्रह गरेको छ।

कात्तिक ५, २०७९ शनिबार १८:४२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।