गठबन्धन भत्काउन विदेशी शक्ति नेपाल भित्रिए : मन्त्री पौडेल

गठबन्धन भत्काउन विदेशी शक्ति नेपाल भित्रिए : मन्त्री पौडेल

बागलुङ : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले गठबन्धन टुटाउनका लागि विदेशी शक्ति नेपाल भित्रिएको बताएका छन्।

बडिगाड गाउँपालिकाको अगुवा कार्यकर्ता भेला तथा चुनावी सम्पर्क कार्यालय उद्घाटन कार्यक्रममा मन्त्री पौडेलले देशी विदेशी तत्वहरूले षड्यन्त्र गरेर गठबन्धन टुटाउन लागेको र त्यसका लागि विदेशी शक्ति नेपाल भित्रिसकेको पनि बताए।

‘संघीय लोकतान्त्रिक व्यवस्थालाई जोगाउन वाम लोकतान्त्रिक शक्तिहरू एक ठाउँमा उभिएका छौं,’ उनले भने, ‘देशी विदेशी शक्तिहरू गठबन्धन भत्काउन विभिन्न तरिकाले लागेका छन्, नेपाल भित्रिसके, तर अहिलेसम्म विफल भएका छन्।’

मन्त्री पौडेलले देशमा अझै प्रतिगमनको खतरा नटरेकाले संघीय लोकतान्त्रिक व्यवस्थालाई जोगाउँदै संविधानको रक्षाका लागि दलका शीर्ष नेताहरू एक ठाउँमा उभिएको बताए।

फरक प्रसङ्गमा उनले बडिगाडमा उच्च शिक्षा अध्ययनका लागि कृषि क्याम्पस स्थापना गर्ने प्रतिबद्धता व्यक्त गरे। उनले सिसाखानीमा पुल र सुरङमार्गको सम्भाव्यता अध्ययनका लागि सराकरले बजेट छुट्याएको बताए।

कात्तिक ५, २०७९ शनिबार १६:२४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।