ललितपुरको कला र संस्कृतिको विकास गर्दै आर्थिक समृद्धि हासिल गर्नुपर्छ: ऊर्जामन्त्री भुसाल

काठमाडौं: ऊर्जा, जलस्रोत तथा सिँचाईमन्त्री पम्फा भुसालले उपलब्ध स्रोत र साधनलाई सदुपयोग गर्दै ललितपुरलाई समृद्ध बनाइने बताएकी छिन्। ललितपुर महानगरपालिका १४ नं वडामा स्थापना गरिएको सत्ता गठबन्धनका तर्फबाट निर्वाचन प्रचारप्रसार कार्यालय आज उद्घाटन गर्दै उनले ललितपुरको कला, सम्पदा र संस्कृतिलाई पर्यटनसँग जोड्नुपर्ने बताएकी छिन्।
“ललितपुरको कला र संस्कृतिको विकास तथा पर्यटन प्रवर्द्धन गर्दै आर्थिक समृद्धि हासिल गर्नुपर्छ”, मन्त्री भुसालले भनिन्, “पर्यावरण संरक्षण गर्दै स्वच्छ वातावरण प्रवर्द्धन गर्नुपर्छ, पछाडि परेका महिला, आदिवासी जनजाति तथा बालबालिकालाई राज्यको मूल प्रवाहमा ल्याउनुपर्छ, तबमात्र समृद्धि हासिल हुन्छ।”
ललितपुर क्षेत्र नं ३ की उम्मेदवार भुसालले हरेक घरमा अर्ध बेरोजगारको अवस्था रहेकाले स्रोत साधन र सम्पदालाई एकै ठाउँमा राखेर मुलुकलाई सम्पन्न बनाउनुपर्ने र बेरोजगारको समस्या समाधान गर्नुपर्ने बताइन्।
कात्तिक ५, २०७९ शनिबार १३:५८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।