'मर्निङ वाक'मा निस्केको बेला हात्तीको आक्रमणबाट मृत्यु

साङ्केतिक तस्बिर
बर्दिया: बारबर्दिया–७ मा जङ्गली हात्तीको आक्रमणमा परी एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा ५० वर्षीय सोलिराम थारू रहेका छन्।
जिल्ला प्रहरी कार्यालय बर्दियाका नायब उपरीक्षक हिक्मतबहादुर बोहोराका अनुसार महेन्द्र राजमार्गनजिकै ‘मर्निङ वाक’ मा निस्केको बेला थारूलाई हात्तीले आक्रमण गरेको थियो।
पछिल्लो समयमा बर्दियामा जङ्गली जनावरको आक्रमण बढ्दो छ।
कात्तिक ५, २०७९ शनिबार ११:३३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।