आज पश्चिमी क्षेत्रका केही स्थानमा हल्का वर्षाको सम्भावना

आज पश्चिमी क्षेत्रका केही स्थानमा हल्का वर्षाको सम्भावना

काठमाडौं: मौसम पूर्वानुमान महाशाखाले आज देशका पश्चिमी क्षेत्रका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको जनाएको छ। हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको सामान्य प्रभाव रहेको छ।

यस मौसमी प्रणालीको प्रभावले बदली र वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मौसमविद् मञ्जु बासीका अनुसार आज पश्चिमी क्षेत्रका केही स्थानमा हल्का वर्षाको सम्भावना छ। देशका अन्य भेगमा भने केही दिन मौसम सफा रहनेछ।

आज दिउँसो देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी क्षेत्रमा मौसम सफा रहनेछ। कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागमा एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।

कात्तिक ५, २०७९ शनिबार ०९:२७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।