प्रधानमन्त्रीसहित गठबन्धनका शीर्ष नेताहरू कार्यकर्ता भेला सम्बोधन गर्न जनकपुर जाँदै

प्रधानमन्त्रीसहित गठबन्धनका शीर्ष नेताहरू कार्यकर्ता भेला सम्बोधन गर्न जनकपुर जाँदै

काठमाडौं: प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आज जनकपुर जाँदैछन्। उनीसहित गठबन्धनका शीर्ष नेताहरू आज मधेश प्रदेशको राजधानी जान लागेका हुन्।

त्यहाँ गठबन्धनमा आबद्ध दलका मधेश प्रदेशस्तरीय अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्न उनीहरू जनकपुर जान लागेका हुन्।

भेलालाई प्रधानमन्त्री देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड), नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर लगायतका शीर्ष नेताहरूले सम्बोधन गर्नेछन्।

कात्तिक ५, २०७९ शनिबार ०९:०३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।