टी ट्वेन्टी विश्वकप: सुपर १२ अन्तर्गत अष्ट्रेलिया र न्युजिल्याण्ड भिड्ने, २०२१ को फाइनलमा व्यहोरेको हारको बदला लिने अवसर

काठमाडौं: जारी टी ट्वेन्टी विश्वकप २०२२ अन्तर्गत आजबाट सुपर १२ का खेलहरू हुँदैछन्। पहिलो खेलमा आज आयोजक राष्ट्र अष्ट्रेलिया र न्युजिल्याण्ड भिड्दैछन्।
यी दुई टोलीबीचको खेल नेपाली समयअनुसार आज दिउँसो १२:४५ बाट सुरु हुनेछ। सिड्नी क्रिकेट ग्राउण्डमा हुने खेलमा अष्ट्रेलियाले न्युजिल्याण्डमाथिको दबदबा कायम राख्न चाहन्छ।
यसअघि सन् २०२१ को विश्वकपको फाइनलमा अष्ट्रेलियाले न्युजिल्याण्डलाई ८ विकेटले पराजित गरेको थियो।
यस्तै न्युजिल्याण्डलाई भने लगातार दुई विश्वकप फाइनलमा हारेको क्षतिलाई पूर्ति गर्नुछ। सन् २०१९ को विश्वकपको फाइनलमा इङ्ग्ल्याण्डसँग र सन् २०२१ को फाइनलमा अष्ट्रेलियासँग न्युजिल्याण्ड हारेको थियो। अघिल्लो हारको बदला आजको पहिलो खेलबाटै लिने न्युजिल्याण्डको दाउ हुनेछ।
कात्तिक ५, २०७९ शनिबार ०८:४०:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।