९ प्रतिशत पुग्याे मूल्य वृद्धि

काठमाडौं : मूल्य वृद्धि उकालो लागेर ९ प्रतिशत नजिक पुगेको छ।
चालु आर्थिक वर्षको दोस्रो अर्थात् भदौ महिनामा मूल्य वृद्धि अघिल्लो वर्षको यसै अवधिको तुलनामा दोब्बर बढी पुगेर ८ दशमलब ६४ प्रतिशत पुगेको राष्ट्र बैंकले जनाएको हो।
अघिल्लो वर्ष भदौमा मूल्य वृद्धि ३ दशमलब ४९ प्रतिशत रहेको थियो। यही वर्षको साउनमा मूल्यवृद्धि ८ दशमलब २६ प्रतिशत रहेको थियो।
समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ८ प्रतिशतमाथि र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ९ प्रतिशत नाघेको छ।
खाद्य तथा पेय पदार्थ समूह अन्तर्गत फलफूल, घ्यू तथा तेल, रेष्टुरेण्ट तथा होटलका खाना, मदिराजन्य पेय पदार्थ र तरकारी सबैको मूल्य १० देखि १७ प्रतिशतसम्म महँगो भएका छन्।
आयात बढ्दा विदेशी मुद्रा सञ्चिति थप दबाबमा परेको छ। एक महिनाको अवधिमा विदेशी मुद्रा सञ्चिति ८ अर्ब बराबर घटेको हो।
कात्तिक ४, २०७९ शुक्रबार २०:३९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।