नेपाली रुपैयाँको अवमूल्यन दर घट्यो

काठमाडौं : चालु आर्थिक वर्षको दुई महिनामा नेपाली रूपैयाँ अवमूल्यन हुने दरमा कमी आएको छ।
राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिअनुसार गतवर्षको यहि अवधिको तुलनामा यस वर्ष डलरसामू नेपाली रूपैयाँको अवमूल्यन हुने दरमा कमी आएको हो।
२०७९ असार मसान्तको तुलनामा २०७९ भदौ मसान्तमा अमेरिकी डलरसँग नेपाली रुपैयाँ ०.२३ प्रतिशतले अधिमूल्यन भएको छ।
अघिल्लो वर्षको सोही अवधिमा नेपाली रुपैयाँ १.४९ प्रतिशतले अधिमूल्यन भएको थियो। २०७९ भदौ मसान्तमा अमेरिकी डलर एकको खरिद विनिमय दर रु.१२७.२२ पुगेको छ।
२०७९ असार मसान्तमा उक्त विनिमय दर रु.१२७.५१ रहेको थियो।
कात्तिक ४, २०७९ शुक्रबार १९:४४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।