करिब २० प्रतिशतले बढ्यो रेमिटेन्स, डलर रेमिटेन्समा पनि ११ प्रशितले वृद्धि

काठमाडाैं : चालु आर्थिक वर्षको दुई महिनामा विप्रेषण (रेमिटेन्स)मा आप्रवाहमा वृद्धि भएको छ।
राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिमा साउन र भदौमा विप्रेषण आप्रवाह १९.८ प्रतिशतले वृद्धि भई १८७ अर्ब ४ करोड रूपैयाँ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ५.८ प्रतिशतले घटेको थियो।
त्यसैगरी, अमेरिकी डलरमा विप्रेषण आप्रवाह ११.३ प्रतिशतले वृद्धि भई १ अर्ब ४७ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ५.३ प्रतिशतले घटेको थियो।
वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिने नेपालीको संख्यामा पनि यस अवधिमा १६९.९ प्रतिशतले वृद्धि भएर १ लाख ३ हजार ८९८ पुगेको छ।
त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या चालु आर्थिक वर्षको पहिलो दुई महिनामा ७०.६ प्रतिशतले वृद्धि भई ३९,१८९ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ४२९.५ प्रतिशतले बढेको थियो।
कात्तिक ४, २०७९ शुक्रबार १९:३६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।