ग्राहकको अश्लील भिडियो खिचेको आरोपमा लज सञ्चालक पक्राउ

ग्राहकको अश्लील भिडियो खिचेको आरोपमा लज सञ्चालक पक्राउ

काठमाडौं : गेस्ट हाउसमा बस्न आउने ग्राहकको अश्लील भिडियो खिचेको आरोपमा प्रहरीले गेस्ट हाउस सञ्चालकलाई पक्राउ गरेको छ।

प्रहरी वृत्त महाराजगन्जको टोलीले असोज २ गते काठमाडौँ महानगरपालिका–३ बाँसबारीस्थित बाँसबारी रेष्ट्रो क्याफे एन्ड लजका म्यानेजरलाई पक्राउ गरेको हो।

गेस्ट हाउसमा बस्न आउने पाहुनाको गोप्यरुपमा अश्लील भिडियो रेकर्ड गरेको आरोपमा क्याफेका म्यानेजर ४२ वर्षीय मुकेश मालीलाई पक्राउ गरेको हो।

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता  दिनेशराज मैनालीका अनुसार गेस्ट हाउसमा बस्ने विभिन्न व्यक्तिको अश्लील भिडियो रेकर्ड गरेको आरोपमा उनी पक्राउ परेका हुन्।

पक्राउ व्यक्तिबाट उनले गोप्य रूपमा रेकर्ड गरेको भिडियोसहित आइफोन १२ प्रो म्याक्स मोबाइल समेत बरामद गरेको प्रहरीको दाबी छ।

कात्तिक ४, २०७९ शुक्रबार १९:३१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।