स्पष्टीकरण सोध्दैमा तरङ्ग आयो, एक सातामा हुने कारबाहीले त भूकम्पै आउला : थपलिया

स्पष्टीकरण सोध्दैमा तरङ्ग आयो, एक सातामा हुने कारबाहीले त भूकम्पै आउला : थपलिया

काठमाडौं : प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले आचारसंहिता उल्लङ्घनबारे स्पष्टीकरण सोध्दैमा तरङ्ग आएको भन्दै एक सातामा हुने कारबाहीले भूकम्पै आउने दाबी गरेका छन्।

प्रदेश १ मा शुक्रवार आयोजित प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य निर्वाचन–२०७९ प्रदेशस्तरीय सञ्चारमाध्यमसम्बन्धी अभिमुखीकरण कार्यक्रममा बोल्दै
उनले आगामी १० दिनमा आयोगले आचारसंहिता उल्लङ्घन गर्नेहरूलाई कारबाही गरेको निर्णयले उम्मेदवारहरूमा भूकम्प जान सक्ने बताए।

थपलियाले आचारसंहिता उल्लङ्घन गरेकोबारे स्पष्टीकरण सोध्नुलाई कारबाहीको प्रक्रिया प्रारम्भको रूपमा लिनुपर्ने बताउँदै उनले आचारसंहिता उल्लङ्घन गरेको उजुरी परेका उम्मेदवारले तथ्य प्रमाणका साथमा होइन भनेर प्रमाणित गरेमा मात्रै आयोगले कारबाही नगर्ने बताए।

कात्तिक ४, २०७९ शुक्रबार १९:१३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।