तिहारकै बेला ४५६ मेगावाटकाे माथिल्लो तामाकोशी जलविद्युत् आयोजना एक साता बन्द हुने

तिहारकै बेला ४५६ मेगावाटकाे माथिल्लो तामाकोशी जलविद्युत् आयोजना एक साता बन्द हुने

काठमाडाैं : माथिल्लो तामाकोशी जलविद्युत् आयोजना एक हप्ता बन्द हुने भएको छ।

आयोजनामा जडान भएका उपकरणहरूको एक साता प्राविधिक परीक्षण गरिने भएकाले परियोजनाबाट कात्तिक ८ गतेदेखि बिजुली उत्पादनसमेत बन्द हुने भएको हो।

दिपावलीको अवसरमा कूल चार सय ५६ मेगावाट क्षमताको आयोजना बन्द गरिँदासमेत कुनै समस्या नहुने नेपाल विद्युत् प्राधिकरणले जनाएको छ।

आयोजनाको नियमित परीक्षणका लागि बिजुली उत्पादन बन्द गर्न लागिएको हो। आयोजनाले यही कात्तिक ७ गते रातिदेखि जलाशयको पानी घटाउने भएको छ।

पानी घटाउँदा तल्लो तटीय क्षेत्रमा करिब १२ घण्टा नदीको बहाव बढ्ने भएकाले सो अवधिभर सतर्कता अपनाउन आयोजनाले आग्रह गरेको छ।

यस्तै नदी किनारमा परम्पराअनुसार मृतकको दाहसंस्कार वा धार्मिक संस्कार गर्नुपर्दा अत्यन्त सतकर्कतापूर्वक गर्न गराउन सबैमा अनुरोध गरिएको आयोजनाले स्पष्ट पारेको छ।

कात्तिक ४, २०७९ शुक्रबार १८:३१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।