३५ हजारले लगाए कोरोनाविरुद्धको खोप, थप ५४ जनामा संक्रमित

३५ हजारले लगाए कोरोनाविरुद्धको खोप, थप ५४ जनामा संक्रमित

काठमाडौं : नेपालमा थप ३५ हजारले कोरोनाविरुद्धको खोप लगाएका छन्।

पछिल्लो २४ घण्टामा देशभर ३५ हजार १९४ जनाले कोरोनविरुद्धको खोप लगाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार यस अवधिमा २ हजार ४८० जनाको परीक्षण भएकोमा ५४ जनालाई संक्रमण पुष्टि भएको छ।

देशभर सक्रिय संक्रमितको संख्या ७२१ रहेको छ।

कात्तिक ४, २०७९ शुक्रबार १८:१२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।