सार्वजनिक बिदाको दिनमा पनि जरिवाना बुझाउन सकिने

काठमाडौं : निर्वाचन आयोगले स्थानीय तह सदस्य निर्वाचन २०७९ मा उम्मेदवार भई निर्वाचन खर्चको विवरण तोकिएको समयावधिभित्र नबुझाउने उम्मेदवारहरूले शनिबार सार्वजनिक बिदाको दिनमा पनि जरिवाना रकम बुझाउने सक्ने व्यवस्था मिलाएको छ।
शुक्रबार एक विज्ञप्ति निकालेर आयोगले जरिवाना नबुझाएका उम्मेदवारहरूको नाम मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य समानुपातिक निर्वाचन प्रणालीतर्फ राजनीतिक दलले पेश गरेको बन्दसूचीमा समावेश भएकाले जरिवाना बुझाउन निर्देशन दिएको थियो।
जरिवाना बुझाउने समय कात्तिक ५ गते कार्यालय समयभित्रसम्म रहेको छ।
आयोगले जरिवाना बापतको रकम नबुझाउने उम्मेदवारहरूको हकमा प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्दसूचीबाट नाम हटाउने निर्णय भएकोसमेत स्मरण गराएको छ।
कात्तिक ४, २०७९ शुक्रबार १८:०५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।