पाँच दिन पनि टिक्न पाएन राजु गुरुङको खुसी, उम्मेदवारी खारेज (आदेशसहित)

पाँच दिन पनि टिक्न पाएन राजु गुरुङको खुसी, उम्मेदवारी खारेज (आदेशसहित)

काठमाडौं : रुपन्देही–२ मा गठबन्धनको तर्फबाट एकीकृत समाजवादीका उम्मेदवार राजु गुरुङको उम्मेदवारी खारेज हुने भएको छ।

शुक्रबार सर्वोच्च अदालतका न्यायाधीश ईश्वरप्रसाद खतिवडा र कुमार रेग्मीको इजलासले गुरुङको उम्मेदवारी तत्काल खारेज नगर्न यसअघि सर्वोच्चले नै दिएको अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता नदिने आदेश दिएसँगै उनको उम्मेदवारी खारेज हुने भएको हो।

यसअघि असोज ३१ गते न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको एकल इजलासले गूरुङको उम्मेदवारी खारेज गर्ने निर्वाचन आयोगको निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको थियो।

चेक बाउन्स प्रकरणमा कालो सूचीमा परेको भन्दै निर्वाचन आयोगले गुरुङको उम्मेदवारी खारेज गरीदिएको थियो। गुरुङले आयोगको निर्णयविरुद्ध उम्मेदवारी कायम गरिपाऊँ भन्दै सर्वोच्चमा मुद्दा दायर गरेका थिए।

कात्तिक ४, २०७९ शुक्रबार १७:५६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।