अमेरिकासहित तीन देशका राजदूतद्वारा राष्ट्रपतिसमक्ष ओहदाको प्रमाणपत्र पेश

अमेरिकासहित तीन देशका राजदूतद्वारा राष्ट्रपतिसमक्ष ओहदाको प्रमाणपत्र पेश

काठमाडौं : नेपालका लागि अमेरिकासहित तीन देशका राजदूतले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष ओहदाको प्रमाणपत्र बुझाएका छन्।

शीतलनिवासमा शुक्रबार आयोजित एक समारोहमा अमेरिका, फिनल्याण्ड र आइसल्याण्डका नवनियुक्त राजदूतले ओहदाको प्रमाणपत्र बुझाएका हुन्।

अमेरिकी राजदूत डिन रिचार्ड थम्पसन र फिनल्याण्डकी राजदूत रिना रिक्का हेक्का आवासीय हुन् भने आइसल्याण्डका राजदूत गुड्नी ब्रागसन गैरआवासीय हुन्।

कात्तिक ४, २०७९ शुक्रबार १७:४५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।