ओलीको क्यारिकेचर गर्दै नेपालले भने– '...सरम लाग्दैन?'

ओलीको क्यारिकेचर गर्दै नेपालले भने– '...सरम लाग्दैन?'

बुटवल : एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पाँच दलीय गठबन्धनको एकता अहिलेको आवश्यकता रहेको बताएका छन्।

बुटवलमा भएको चुनावी प्रशिक्षणलाई सम्बोधन गर्दै उनले विरोधीले अनेकन प्रचार गरे पनि त्यसलाई चिर्दै अहिलेको गठबन्धनको आवश्यकता सविस्तार बताउनुपर्ने बताए

केपी ओलीले गरेको गठबन्धन प्रतिगमन र आफूहरूले गरेको गठबन्धन अग्रगामी भएकाे दाबी गर्दै उनले स्थानीय तहकाे चुनावमा जस्तै अहिलेको चुनावमा एमालेलाई पछार्ने बताए।

‘देशलाई बचाउनका लागि हामीले सडक बाट पछारेका छौ, स्थानीय तहको निर्वाचनमा पछारेका छौं, संघ र प्रदेशमा पनि पछार्नपर्छ, यहि संकलल्पका साथ चुनावी मैदानमा उत्रिन आव्हान गर्न चाहन्छु’ उनले भने।

साथै उनले आफूहरूले अग्रसरता नलिएको भए एमाले अध्यक्ष ओलीले देशलाई प्रतिगमनको दिशामा लैजाने बताए।

‘हामीले पहल नगरेको भए प्रगितमनको दिशमा जाने थियो। लोकतन्त्र मासिने थियो। गणतन्त्र मासिने थियो। संघियतालाई समाप्त पारिने थियो। समाजवादतर्फको यात्रा अवरोध हुने थियो। हामीले देशलाई निकै ठूलो संकटबाट बचाएका छौं’ उनले भने।

केपी ओलीले गरेको हरेक कार्य अनुचित रहेको भन्दै अनुचित कार्यको विरुद्ध आवाज उठाउँदा आफुलाई कामै गर्न दिइएन भनेर भनेको आरोप समेत लगाए।

‘ओलीले जति पनि काम गरेका छन्। अनुचित काम र कुरा त्यहि पालामा भएका छन्। यी कुरा उठाउँदा मलाई कामै गर्न दिइएन भनेर प्रचार गरे,’ ओलीकाे क्यारिकेचर गर्दै उनले थपे, ‘सर्म लाग्दैन ?’

उनले आफूहरूले राम्रो काम गर्न र अनुचित काम गर्न भनेपनि ओलीले त्यस्ता कुरामा चासो नदिएको बताए। उनले आफूहरूले दिएका सुझावले ओलीलाई केही नपचेको र घोचेको मात्र नभई ओलीलाई पोलेको समेत बताए।

साथै उनले घनश्याम भुसालले ओलीलाई सुधार्न साबुन पानीले धुन खोजेपनि नसुध्रिएको बताए।

कात्तिक ४, २०७९ शुक्रबार १६:३९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।