एमालेले मात्र प्रहरी र पूर्व प्रहरीको उन्नति गर्नसक्छ : सर्वेन्द्र खनाल

काठमाडौं : आगामी मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनमा एमालेबाट काठमाडौं-६ प्रतिनिधि सभाका उम्मेदवार सर्वेन्द्र खनालले एमालेले मात्र प्रहरी र पूर्व प्रहरीको उन्नति गर्न सक्ने जिकिर गरेका छन्।
पूर्व प्रहरी संगठनले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा आफ्नो धारणा राख्दै उनले एमाले सरकारले प्रहरीको संस्थागत विकासका लागि उल्लेखनीय भूमिका खेलेको इतिहास भएकाे जिकिर गर्दै थप विकास गर्ने प्रतिबद्धता जनाए।
केपि शर्मा ओली प्रधानमन्त्री हुँदा प्रहरीको संस्थागत विकास निर्माणकार्यले तीव्रता लिएको दाबी गर्दै उनले केपि शर्मा ओलीलाई चौतर्फी हमला भएको कारण एमाले प्रवेश गरेकाे बताए।
अहिलेको गठबन्धनले देशलाई अस्थिरता र बर्बादी तर्फ लैजान लागेकाले सूर्यमा भोट हाल्न अपिल गरे।
कात्तिक ४, २०७९ शुक्रबार १६:११:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।