हरितगृह ग्यास उत्सर्जनको गणना, समीक्षा र लेखाङ्कन गर्न सानिमा बैंकको समझदारी

हरितगृह ग्यास उत्सर्जनको गणना, समीक्षा र लेखाङ्कन गर्न सानिमा बैंकको समझदारी

काठमाडौं : सानिमा बैंकले पार्टरनसीप फर कार्वन अकाउन्टिङ फाइनान्सियलसँग साझेदारी गरेको छ।

बिहीबार भएको समझदारीअनुसार बैंकले आफ्नो वित्तीय गतिविधिबाट भएको हरितगृह ग्यास उत्सर्जनको गणना, समीक्षा र लेखाङ्कन गर्नेछ।

फाइनान्सियल विश्वभर रहेका विभिन्न वित्तीय संस्थाहरूले आफूले प्रवाह गर्ने ऋण र लगानीद्वारा उत्सर्जन हुने हरितगृह ग्यासको हार्मनाइज रूपमा लेखाङ्कन, मूल्याङ्कन तथा डिस्क्लोजर गरी प्रकाशन गर्ने वित्तीय संस्थाहरूको सहकार्य हो।

विश्वभर छ वटा महादेशका ३०० भन्दा बढी वित्तीय संस्थाहरूकोे सहकार्य भैसकेको यो कम्पनी उत्तर अमेरिका, ल्याटिन अमेरिका, युरोप, अफ्रिका र एशिया प्रशान्तमा पनि तीव्र रूपमा विस्तार भइरहेको छ।

सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत निश्चल राज पाण्डेज्यूले यस साझेदारीबाट सानिमा बैंकले प्रदान गरेका कर्जाका क्षेत्रहरूबाट उत्सर्जन हुने हरितगृह ग्यासको वैज्ञानिक तवरले मापन गर्ने हुनाले भविष्यमा दिगो वित्तीय गतिविधि गर्नका लागि टेवा पुर्याउने कुरा बताए। 

कात्तिक ४, २०७९ शुक्रबार १६:०१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।