कुटेर श्रीमतीकाे हत्या गरेकाे अभियाेगमा गुल्मीमा एक पुरुष पक्राउ

कुटेर श्रीमतीकाे हत्या गरेकाे अभियाेगमा गुल्मीमा एक पुरुष पक्राउ

गुल्मी : आफ्नै श्रीमतीकाे हत्या अभियाेगमा जिल्लामा एक पुरुष पक्राउ परेका छन्।

४० वर्षीया ताल कुमारी कुमालको हत्या अभियोगमा मुसिकोट नगरपालिका-७ बसेरी बस्ने ४२ वर्षीय सूर्य कुमाललाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको हाे।

सूर्य कुमारको कुटपिटबाट गम्भीर घाइते भएकी उनको लुम्बिनी वामी हस्पिटलमा उपचारको क्रममा मृत्यु भएको हो।

घटना पश्चात जिल्ला प्रहरी कार्यालय गुल्मी र प्रहरी चौकी वामीबाट खटिएको प्रहरीले सुर्य कुमारलाई पक्राउ गरेको हो।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

कात्तिक ४, २०७९ शुक्रबार १५:४३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।