विदेशी मुद्रा सञ्चिति सात करोड डलर घट्यो

विदेशी मुद्रा सञ्चिति सात करोड डलर घट्यो

काठमाडौँ : चालू आर्थिक वर्षको पहिलो दुई महिनामा विदेशी मुद्रा सञ्चिती सात करोड अमेरिकी डलर घटेको छ। राष्ट्र बैङ्कले सार्वजनिक गरेको प्रतिवेदन अनुसार असार साउनको तुलनामा भदौमा विदेशी मुद्राको सञ्चिति घटेको उल्लेख छ। 

प्रतिवेदन अनुसार साउनमा ९ अर्ब ४२ करोड रहेको डलर भदौमा ९ अर्ब ३५ करोडमा झरेको छ। आर्थिक वर्ष २०७९–८०  को दुई महिनाको आयातलाई आधार मान्दा बैङ्किङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति ९ महिनाको वस्तु आयात र ७.७ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहेको राष्ट्र बैङ्कले जनाएको छ।

समीक्षा अवधिमा विप्रेषण आप्रवाह २०.३ प्रतिशतले बढेर ९२ अर्ब २१ करोड भित्रिएकाले विदेशी मुद्रा संचितिको दबाबलाई कम गरेको देखिन्छ।

यस अवधिमा चालु खाता १६ अर्ब २६ करोडले घाटामा रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा चालु खाता ४७ अर्ब २९ करोडले घाटामा थियो। चालु आर्थिक वर्षको पहिलो दुई महिनामा शोधनान्तरस्थिति २३ अर्ब ६८ करोडले घाटामा छ।

कात्तिक ४, २०७९ शुक्रबार १४:४१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।