दुईटा टी ट्वेन्टी विश्वकप जितेको वेष्ट इण्डिज क्वालिफायरबाटै आउट, श्रीलङ्का र आयरल्याण्ड सुपर १२ मा

दुईटा टी ट्वेन्टी विश्वकप जितेको वेष्ट इण्डिज क्वालिफायरबाटै आउट, श्रीलङ्का र आयरल्याण्ड सुपर १२ मा

काठमाडौं: दुई पटक एकदिवसीय र दुई पटक टी ट्वेन्टी विश्वकप जितेको वेष्ट इण्डिज यसपटक क्वालिफायर राउण्डबाटै बाहिरिएको छ। आज भएको समूह 'बी' को खेलमा आयरल्याण्डले वेष्ट इण्डिजलाई ९ विकेटले हराएको हो।

योसँगै अब वेष्ट इण्डिजको विश्वकप यात्रा यहीँ टुङ्गिएको छ भने आयरल्याण्ड सुपर १२ मा पुगेको छ। यसअघि श्रीलङ्काले क्वालिफायरबाट सुपर १२ मा आफ्नो स्थान कायम गरिसकेको छ।

अहिले क्वालिफायरको अन्तिम खेल स्कटल्याण्ड र जिम्बावेबीच जारी छ। यो खेल औपचारिकताको लागि मात्र हुँदैछ।

विश्वकप २०२२ को सुपर १२ को खेलहरू भोलिबाट सुरु हुँदैछ। पहिलो खेलमा अष्ट्रेलिया र न्युजिल्याण्ड भिड्दैछन्। नेपाली समयअनुसार खेल दिउँसो १२:४५ मा हुनेछ।

कात्तिक ४, २०७९ शुक्रबार १३:५६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।