त्रियुगामा ट्र्याक्टर दुर्घटना, चालकको मृत्यु

उदयपुर: जिल्लाको त्रियुगा नगरपालिका- १५ दहरमा ट्र्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। मृत्यु हुनेमा उदयपुरको त्रियुगा नगरपालिका- १३ असारीका २२ वर्षीय विकास राई रहेका छन्।
दुर्घटनामा परी गम्भीर घाइते भएका राईको उपचारको क्रममा आज बिहान पौने ११ बजे जिल्ला अस्पताल उदयपुरमा मृत्यु भएको हो।
प्रदेश २-०१-००१त १०३३ नम्बरको ट्र्याक्टर बिहान साढे ९ बजे अनियन्त्रित भई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जानकारी दिएको छ।
कात्तिक ४, २०७९ शुक्रबार १३:३७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।