स्वास्थ्य राज्यमन्त्री केसीको अवस्था सामान्य बन्दै, केही दिन आईसीयूमै राखिने

स्वास्थ्य राज्यमन्त्री केसीको अवस्था सामान्य बन्दै, केही दिन आईसीयूमै राखिने

काठमाडौंः स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री हिराचन्द्र केसीको स्वास्थ्य अवस्था सामान्य बन्दै गएको छ। डेंगु संक्रमण पुष्टि भएपछि वीर अस्पतालमा भर्ना भएका केसीको स्वास्थ्य अवस्था सुधार हुँदै गएको उनको सचिवालयले जानकारी दिएको छ।

यसअघि केसीे टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा भर्ना भएका थिए।

वीर अस्पतालका निमित्त निर्देशक डा. भूपेन्द्र बस्नेतले केसीको स्वास्थ्य अवस्था सामान्य रहेको बताए। उनले भने, 'उहाँको स्वास्थ्य अवस्था सुधार भइरहेको छ। एक दुई दिन आईसीयूमै डाक्टरको निगरानीमा राख्छौँ।'

केसीलाई थप निगरानी गर्नुपर्ने भएकाले आईसीयूमा राखिएको उपचारमा संलग्न चिकित्सकले बताएका छन्। केसीको प्लेटिलेट्स, हेमोग्लोबिन र सुगरको मात्रा सामान्य छ।

चिकित्सकका अनुसार ब्लडप्रेसरको मात्रा पनि ठीक छ।

कात्तिक ४, २०७९ शुक्रबार १३:००:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।