तोलामा ६ सयले घट्यो सुनको मूल्य, आज कति ?

तोलामा ६ सयले घट्यो सुनको मूल्य, आज कति ?

काठमाडौं: नेपाली बजारमा आज सुनको मूल्य घटेको छ। आज सुन तोलामा ६ सय रुपैयाँले घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार ५०० रुपैयाँ कायम भएको छ। यस्तै तेजाबी सुन तोलामा ९२ हजार रुपैयाँ कायम भएको छ। यसअघि हिजो सुन तोलामा एक सय रुपैयाँले घटेको थियो।

आज नेपाली बजारमा चाँदीको मूल्य भने स्थिर छ। आज चाँदी तोलामा एक हजार २७० रुपैयाँ कायम भएको छ।

कात्तिक ४, २०७९ शुक्रबार ११:४४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।