ब्राउनसुगरसहित २४ वर्षका आतिस पक्राउ

ब्राउनसुगरसहित २४ वर्षका आतिस पक्राउ

झापा: झापाको भद्रपुर नगरपालिका-८ बाट प्रहरीले प्रतिबन्धित लागूऔषध ब्राउनसुगरसहित एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा भद्रपुर-८ का २४ वर्षीय आतिस राजवंशी रहेका छन्।

हिजो दिउँसो वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरी टोलीले राजवंशीलाई ४ ग्राम ७९० मिलिग्राम ब्राउनसुगरसहित पक्राउ गरेको हो।

उनीमाथि जिल्ला प्रहरी कार्यालय झापाबाट थप अनुसन्धान भइरहेको छ।

कात्तिक ४, २०७९ शुक्रबार १०:५१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।