विश्वकपमा आज आयरल्याण्ड-वेष्ट इण्डिज र जिम्बावे-स्कटल्याण्ड भिड्दै

काठमाडौं: अष्ट्रेलियामा जारी टी ट्वेन्टी विश्वकप क्रिकेटअन्तर्गत आज समूह 'बी'का खेलहरू हुँदैछन्। क्वालिफायर चरणको आज अन्तिम खेल हुँदैछ।
सुपर १२ मा स्थान बनाउन आज पहिलो खेलमा आयरल्याण्ड र वेष्ट इण्डिज भिड्दै छन्। खेल बिहान ९:४५ बाट सुरु हुनेछ।
यस्तै दोस्रो खेल दिउँसो १:४५ बाट जिम्बावे-स्कटल्याण्डबीच हुनेछ।
समूह 'बी'मा हालसम्म चार वटै टोलीले दुई खेल खेल्दा एक जित र एक हार व्यहोरेका छन्। रनरेटका आधारमा स्कटल्याण्ड शीर्ष स्थानमा छ। यस्तै जिम्बावे दोस्रो, वेष्ट इण्डिज तेस्रो र आयरल्याण्ड चौथो स्थानमा छन्।
आज यो समूहबाट एक टोली सुपर १२ मा पुग्नेछ। समूह 'ए'बाट श्रीलङ्का सुपर १२ मा पुगिसकेको छ।
कात्तिक ४, २०७९ शुक्रबार ०७:२१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।