नेपालमा पश्चिमी र स्थानीय वायुको प्रभाव: गण्डकी र लुम्बिनीका एक-दुई स्थानमा वर्षा

काठमाडौं: मौसम पूर्वानुमान महाशाखाले आज देशका एक-दुई स्थानमा वर्षाको सम्भावना रहेको जनाएको छ। हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको सामान्य प्रभाव रहेको छ।
यतिबेला देशको पहाडी भू-भागमा आंशिक बदलीदेखि सामान्यता सफा रही बाँकी भू-भागमा मौसम सामान्यता सफा रहेको छ।
आज दिउँसो गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।
आज राति देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।
कात्तिक ४, २०७९ शुक्रबार ०७:०७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।