डा.ताेसिमा कार्कीकाे उम्मेदवारी खारेजकाे माग गर्दै उजुरी

काठमाडौं : ललितपुर क्षेत्र नम्बर ३ मा प्रतिनिधि सभा सदस्यका लागि राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट उम्मेदवारी दिएकी डा. तोसिमा कार्कीविरुद्ध उम्मेदवारी खारेजको माग गर्दै उजुरी परेको छ।
बुधबार जिल्ला निर्वाचन कार्यालयमा उजुरी परेसँगै कार्यालयले आफूलाई सात दिनको समय दिएर स्पष्टिकरण सोधेको डा. कार्कीले जानकारी दिइन्।
डा. कार्कीमाथि मेडिकल काउन्सिलबाट राजीनामा नदिई प्रतिनिधि सभाको निर्वाचनमा उजुरी दिइएको छ। यद्यपि उनले भने आफू निर्वाचित पदमा रहेको र त्यस पदका लागि सरकारबाट कुनै तलबभत्ता नआउने तर्क गरेकी छन्।
‘निर्वाचित र स्वयंसेवक पदलाई लाभको पद भनेर मलाई स्पष्टिकरण सोधिएको छ,’ उनले भनिन्।
यद्यपि मेडिकल काउन्सिलको बैठकमा आएको समयमा उनले भत्ता लिने गरेको काउन्सिल उच्च स्रोत बताउँछ।
उनले आफ्नो पक्षमा चुनावी माहोल राम्रो हुँदै गएपछि र म्याद सकिएपछि आएको उजुरीमा स्पष्टिकरण सोधिएकोमा पनि असन्तुष्टि व्यक्त गरेकी छन्।
कात्तिक ३, २०७९ बिहीबार २३:०१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।