झारफुक गर्ने क्रममा बलात्कार, ६० वर्षीय पुरुष पक्राउ

धनुषा : ३५ वर्षीया महिलालाई झारफुक गर्ने क्रममा बलात्कार गरेको आरोपमा प्रहरीले एक पुरुषलाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा विदेह नगरपालिका–३ कर्माहिया बस्ने ६० वर्षीय विशेश्वर मुखिया रहेका छन्। उनलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको हो।
मुखियाले झारफुक गर्ने क्रममा सोमबार ती महिलाकै घरमा बलात्कार गरेको ईलाका प्रहरी कार्यालय दुहबीले जनाएको छ।
घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।
कात्तिक ३, २०७९ बिहीबार २२:०२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।