नवौं खेलकुद प्रतियोगितामा आर्मीले जित्यो १ सय ७२ स्वर्ण पदक

पोखरा : गण्डकी प्रदेशमा आयोजित नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा विभागीय टोली त्रिभुवन आर्मी क्लब प्रथम भएको छ।
गण्डकीका विभिन्न जिल्लाहरूमा सञ्चालन भएका कुल ३६ खेलमध्येबाट ३ सय ९६ स्वर्ण पदकका लागि भएको प्रतिस्पर्धामा आर्मीले १ सय ७२ स्वर्ण पदक सहितको उपाधि जितेर पहिलो स्थान हासिल गरेको हो।
खेलमा आर्मीले १ सय ७२ स्वर्ण सहित १ सय ९ रजत ८९ काँस्यपदक सहित ३ सय ७० पदक हात पारेर पहिलो पटक रनिङ ट्रफि प्राप्त गर्न सफल भएको छ। आर्मीले यस अघिका सातौं र आठौं संस्करणको उपाधि समेत जितेको थियो।
६४ स्वर्ण ७३ रजत र ८१ काँस्य सहित २ सय १८ पदक सहित सशस्त्र प्रहरी बलको एपीएफ क्लब दोश्रो, ६१ स्वर्ण ६१ रजत र ७३ काँस्यपदक सहित १ सय ९५ पदक जितेर नेपाल प्रहरी क्लब तेश्रो भएको छ।
घरेलु मैदानको सदुपयोग गर्दै गण्डकी प्रदेश चौथो तथा प्रदेशहरू मध्यपहिलो हुन सफल भएको छ। बागमती प्रदेशलाई पछि पार्दै गण्डकीले ३२ स्वर्ण, ३१ रजत ५७ काँस्य सहित १ सय २० पदक जितेर चौथो स्थान हासिल गरेको छ। बागमती प्रदेशले २४ स्वर्ण ४७ रजत र ७४ काँस्यपदक सहित १ सय ४५ पदक सहितपाँचौं स्थानमा रहेको छ।
प्रदेश १ ले १० स्वर्ण २३ रजत र ५० काँस्यपदक सहित छैटौं भएको छ। १० स्वर्ण, १० रजत ४३ काँस्य पदक सहित सुदुरपश्चिमप्रदेश सातौं, एनआरएनए १० स्वर्ण ९ रजत ७ काँस्यपदक, ६ स्वर्ण २२ रजतसहित आठौं र ४० काँस्यपदक सहित लुम्बिनी प्रदेश नवौं स्थानमा रहेको छ। मधेस प्र्रदेश दशौं स्थान हासिल गरेको छ भने कर्णाली प्रदेश अन्तिम तथा एघारौं स्थानमा रहेको छ।
मधेस प्रदेशले ५ स्वर्ण ८ रजत र २६ काँस्यपदक जित्दा कर्णाली प्रदेशले २ स्वर्ण ४ रजत र १२ काँस्यपदक जितेको हो। सुरुमा ४ सय ४ स्वर्ण पदकमा प्रतिस्प्रर्धा हुने घोषणा गरिए पनि प्याराग्लाइडिङ, पौडी र आर्चरीमा २÷२ स्वर्ण पदकसहित स्क्वास र सफ् टेनिसमा एक एक स्वर्ण पदकको लागि खेल स्थगित भएको प्रविधिक संयोजक हिमाल दाहालले बताए।
गण्डकी प्रदेशका ८ जिल्लामा उक्त प्रतियोगिता भएको सञ्चालन भएको थियो। सुटिङ र पुरुष क्रिकेट भने काठमाडौंमा आयोजना गरिएको थियो।
कात्तिक ३, २०७९ बिहीबार २१:३१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।