निर्वाचन आयाेगलाई सुनिता डंगाेलकाे पत्र- 'मेराे आइडी बनाएर दुरूपयाेग भइरहेकाे छ'

काठमाडौं : काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले निर्वाचन आयोगलाई आफ्नो नाममा नक्कली परिचय खडा गरी समाजिक सञ्जालको दुरूपयोग भइरहेको जानकारी गराएकी छन्।
बिहीबार आयोगलाई पत्र लेख्दै उपप्रमुख डंगोलले आफू निर्वाचन आचारसंहिताको पालनामा कटिबद्ध रहेको भन्दै आफ्नो नक्कली परिचय खडा गरी समाजिक सञ्जालको दुरूपयोग भइरहेको जानकारी गराएकी हुन्।
उनले मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यको निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय, भयरहित र पारदर्शी रूपमा सम्पन्न गर्न आफ्नो पूर्ण सहयोग रहेको प्रतिबद्धता व्यक्त गर्दै कानुन विपरीत कार्य गर्ने(गराउनेको पहिचान गरी आवश्यक कारबाही गर्न/गराउन आग्रह पनि गरेकी छन्।
डंगोलले आफूले प्रयोगमा ल्याएको आधिकारिक सामाजिक सञ्जालहरुको व्यहोरासमेत पत्रमा उल्लेख गरेकी छन्।
कात्तिक ३, २०७९ बिहीबार १९:५३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।