अपूर्व क्षितिज सिंहलाई धरौटीमा छाड्न अदालतको आदेश

अपूर्व क्षितिज सिंहलाई धरौटीमा छाड्न अदालतको आदेश

काठमाडौं : काठमाडौं जिल्ला अदालतले कमेडियन अपूर्व क्षितिज सिंहलाई धरौटीमा छाड्न आदेश दिएको छ।

न्यायाधीश माधवप्रसाद मैनालीको एकल इजलासले बिहीबारको थुनछेक बहसपछि सिंहलाई साढे दुई लाख धरौटीमा छाड्न आदेश दिएको श्रेस्तेदार ज्ञानेन्द्र इटेनीले उकेरालाई जानकारी दिए।

‘थुनछेक बहसपछि अदालतले उन(सिंह)लाई साढे दुई लाख धरौटीमा रिहा गर्न आदेश दिएको छ,’ उनले भने।

युट्युबमा स्ट्याण्ड अप कमेडी शो ‘कमेडी सर्कल’  सञ्चालन गर्दै आएका उनले नेवाः समुदायलाई होच्याउने गरी विषयवस्तु प्रसारण गरेको भन्दै उजुरी परेपछि पक्राउ गरि अनुसन्धान गरिएको थियो।

उनीविरुद्ध सार्वजनिक शान्ति विरुद्ध र जातिय भेदभाव तथा छुवाछुत सम्बन्धी कसूर र सामाजिक रितिस्थितिमा खलल सम्बन्धी कसूरमा मुद्दा दर्ता भएको थियो।

कात्तिक ३, २०७९ बिहीबार १८:१६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।