सहकारीमा कार्यरत ३० वर्षीय कार्कीलाई गोली प्रहार गरेको आरोपमा चार जना पक्राउ

सहकारीमा कार्यरत ३० वर्षीय कार्कीलाई गोली प्रहार गरेको आरोपमा चार जना पक्राउ

सर्लाही : लालबन्दी नगरपालिका-२ जुटपानी घर भई सगुन बचत तथा ऋण सहकारी संस्थामा कार्यरत ३० वर्षीय साजन कार्कीलाई गोली प्रहार गरी घाइते बनाएको अभियोगमा ४ जनालाई गएराति प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा धनकौला गाउँपालिका-१ बस्ने ३२ वर्षीय डिजे भन्ने धिरेन्द्र शहनी, भारत बिहार तरयानी छप्रा-८ बस्ने १९ वर्षीय रेहान भन्ने आलोक सिंह, भारत बिहार सुलतानपुर-१० बस्ने १९ वर्षीय सौरभ कुमार यादव र भारत बिहार हराज-१२ बस्ने १९ वर्षीय गुलसन कुमार सिंह रहेका छन्।

बागमती नगरपालिका-१ स्थित सगुन बचत तथा ऋण सहकारी संस्थामा कार्यरत उनलाई बुधबार दिउँसो गोली प्रहार गरी घाइते बनाएको घटनाको थप अनुसन्धानको क्रममा प्रहरीले घटनामा संलग्न आलोक, सौरभकुमार, गुलसनलाई बलरा नगरपालिका-३ लक्ष्मीपुरबाट र धिरेन्द्रलाई धनकौल गाउँपालिका-१ बाट पक्राउ गरेको हो।

साथै घटनास्थलबाट प्रहरीले गोलीको खोका ४ थान र फायर भएको बुलेट ४ थान बरामद गरेको छ।

कात्तिक ३, २०७९ बिहीबार १८:०५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।