माधव नेपाललाई निर्वाचन कसूरमा कारबाही गर्न प्रहरीलाई पत्र

माधव नेपाललाई निर्वाचन कसूरमा कारबाही गर्न प्रहरीलाई पत्र

काठमाडौं : निर्वाचन आयोगले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई कारबाही गर्न प्रहरीलाई निर्देशन दिएको छ।

निर्वाचन प्रभावित पार्नेसम्बन्धी कसुरमा कारबाही गर्न आयोगले प्रहरीलाई निर्देशन दिएको हो।

रौतहट क्षेत्र नम्बर १ मा प्रतिनिधि सभा सदस्यका उम्मेदवार नेपालले आइतबार एक चुनावी कार्यक्रममा आफूले चुनाव जिते फ्रि भिसा फ्रि टिकटमा वैदेशिक रोजगारीमा पठाउने आश्वासन दिएका थिए।

यसो गरेमा एक लाखसम्म जरिवाना वा दुई वर्षसम्म कैद वा दुवै सजाय हुने ऐनमा व्यवस्था छ। यसको आवश्यक अनुसन्धान र कारबाही प्रक्रिया नेपाल प्रहरीले गर्ने भएकाले आयोगले जिल्ला प्रहरी कार्यालय, रौतहटलाई पत्र लेखेको छ।

 

कात्तिक ३, २०७९ बिहीबार १५:४७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।