नवौँ राष्ट्रिय खेलकुद: दुआथलनमा पुरुषतर्फ प्रहरी र महिलातर्फ आर्मीलाई स्वर्ण

नवौँ राष्ट्रिय खेलकुद: दुआथलनमा पुरुषतर्फ प्रहरी र महिलातर्फ आर्मीलाई स्वर्ण

पोखरा: गण्डकी प्रदेशमा जारी नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत दुआथलनमा पुरुषतर्फ नेपाल पुलिस र महिलातर्फ नेपाल आर्मीले स्वर्ण पदक जितेको छ। बिहीबार पोखरामा भएको पाँच किमी दौड, २० किमी साइक्लिङ र २.५ किमी दौड प्रहरीका किरण लिम्बूले एक घण्टा २२ सेकेण्डमा पार गर्दै पुरुषतर्फ स्वर्ण पदक जितेका हुन्।

त्यसैगरी निर्धारित दूरी एक घण्टा ११ मिनेट ४४ सेकेण्डमा पार गर्दै आर्मीकी इन्द्रकला नेम्वाङले स्वर्ण पदक हात पार्न सफल भइन्।

पुरुषतर्फ आर्मीका मनबहादुर थापा मगरले निर्धारित दूरी एक घण्टा एक मिनेट ४१ सेकेण्डमा पार गर्दै रजत र आर्मीकै प्रेमसिंह मन्यालले निर्धारित दूरी एक घण्टा सात मिनेट ३४ सेकेण्डमा पार गर्दै कास्य पदक जित्न सफल भए।

महिलातर्फ एपीएफकी अनिता राईले निर्धारित दूरी एक घण्टा १३ मिनेट ३९ सेकेण्डमा पार गर्दै रजत पदक हात पारिन्। आर्मीकी हेमा चौधरीले निर्धारित दूरी एक घण्टा २८ मिनेट ४३ सेकेण्डमा पार गर्दै कास्य पदक जित्न सफल भइन्।

नवौँ राष्ट्रिय खेलकुदमा दुआथलनमा आर्मी टिम च्याम्पियन बन्यो।

कात्तिक ३, २०७९ बिहीबार ११:५८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।