थोरै घट्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?

काठमाडौं: नेपाली बजारमा आज सुनको मूल्य थोरै घटेको छ। आज सुन तोलामा एक सय रुपैयाँले घटेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन तोलामा ९३ हजार १०० मा कारोबार भइरहेको छ। यस्तै तेजाबी सुन प्रतितोला ९२ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ।
हिजो बुधबार सुन तोलामा दुई सय रुपैयाँले घटेको थियो।
महासङ्घका अनुसार आज चाँदीको मूल्य समेत घटेको छ। आज चाँदी तोलामा पाँच रुपैयाँले घटेर एक हजार १७० रुपैयाँमा कारोबार भइरहेको छ।
कात्तिक ३, २०७९ बिहीबार ११:२८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।