नवौँ राष्ट्रिय खेलकुद: चार सय बाई चार सय मिटर रिले दौडमा आर्मीलाई स्वर्ण

पोखरा: गण्डकी प्रदेशमा जारी नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत भएको एथलेटिक्सको चार सय बाई चार सय मिटर रिले दौडमा त्रिभुवन आर्मी क्लबले स्वर्ण जितेको छ। बिहीबार बिहान भएको खेलमा आर्मीले महिला तथा पुरुष दुवै समूहमा स्वर्ण जितेको हो।
पुरुषअन्तर्गत आर्मीका सोमबहादुर कुमाल, रामप्रसाद थारु, जीवन चौधरी र प्रकाश दनुवारको समूहले निर्धारित दूरी तीन मिनेट १८.३६ सेकेण्डमा पूरा गर्दै स्वर्ण पदक जितेका हुन्।
यस स्पर्धामा एपीएफले रजत पदक जित्न सफल भएको छ। एपीएफका निरप्रताप महतो, आशिष चौधरी, शिवराज पार्की र सन्दीप नेपालीको टोलीले निर्धारित दूरी तीन मिनेट २५.८२ सेकेण्डमा पार गरेका थिए।
पुलिसको टोलीले कास्य पदक जितेको छ। पुलिसका अमृत बोट, सहनचन्द्र शाह, तेजबहादुर कार्की र अरुण महतो थारुको समूहले निर्धारित दूरी तीन मिनेट २९.३५ सेकेण्डमा पूरा गर्दै कास्य जित्न सफल भएको हो।
महिलातर्फको एथलेटिक्सको चार सय बाई चार सय मिटर रिले दौडमा पनि आर्मीले नै स्वर्ण जितेको छ। आर्मीका सरस्वती भट्टराई, जयरानी थारु, निर्मला थापा र कुलेसी चौधरीको समूहले निर्धारित दूरी चार मिनेट २.७८ सेकेण्डमा पूरा गर्दै स्वर्ण जितेको हुन्।
यसैगरी चार मिनेट १४.८० सेकेण्डमा निर्धारित दूरी पार गर्दै लुम्बिनी प्रदेशले रजत पदक जितेको छ। लुम्बिनीका निशा थारु, सम्झना थारु, अरुणा रिजाल र रामकुमारी थारुको समूहले निर्धारित दूरी चार मिनेट १४.८० सेकेण्डमा पार गर्दै रजत पदक जितेका हुन्।
कास्यमा चित्त बुझाएको बागमती प्रदेशले भने निर्धारित दूरी चार मिनेट २२.७९ सेकेण्डमा पूरा गरेको थियो। बागमतीका अञ्जु खड्का, रजीना दुलाल, स्वगता खाइजु र सन्तोषी श्रेष्ठको समूहले कास्य जितेको हो।
कात्तिक ३, २०७९ बिहीबार ११:१३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।