सडकबाट २५ मिटर तल खस्यो ट्रक, एक जनाको मृत्यु अर्का घाइते

धादिङ: धुनिबेंसी नगरपालिका- ४ तेर्सेपानीमा गए राति ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। सोही दुर्घटनामा अर्का एक जना घाइते भएका छन्।
मृत्यु हुनेमा ट्रकमा सवार स्थानीय ४० वर्षीय रामचन्द्र पुडासैनी रहेका छन्। दुर्घटनामा गम्भीर घाइते भएका पुडासैनीको उपचारका क्रममा राष्ट्रिय ट्रमा सेन्टर महाङ्काल काठमाडौंमा मृत्यु भएको हो। घाइते भएका ३५ वर्षीय विनोद आचार्यको सोही अस्पतालमा उपचार भइरहेको छ।
भञ्ज्याङपोखरीबाट जीवनपुरतर्फ जाँदै गरेको प्रदेश ३-०१-००६ ख १५८१ नम्बरको ट्रक गए राति १२ बजे अनियन्त्रित भई सडकबाट अन्दाजी २५ मिटर तल खसेको थियो। ट्रकसहित चालकलाई प्रहरी चौकी जीवनपुर धादिङले नियन्त्रणमा लिएको छ।
कात्तिक ३, २०७९ बिहीबार ०९:५१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।