विश्वकपमा आज श्रीलङ्का र नेदरल्याण्ड्स, नामिबिया र यूएई भिड्दै

काठमाडौं: टी ट्वेन्टी विश्वकप क्रिकेटमा आज क्वालिफायरअन्तर्गतका दुई खेल हुँदैछन्। आज समूह 'ए'का चार टोली भिड्दैछन्।
आजको पहिलो खेल नेदरल्याण्ड्स र श्रीलङ्काबीच हुँदैछ। यी दुई टोलीबीच नेपाली समयअनुसार बिहान ९:४५ मा खेल हुँदैछ।
यस्तै नामिबिया र यूएईबीचको खेल दिउँसो १:४५ बाट सुरु हुनेछ।
हाल अंक तालिकामा यो समूहमा नेदरल्याण्ड्स शीर्ष स्थानमा छ। उसले दुई खेलमध्ये दुईमै जित हात पारेको छ। यस्तै श्रीलङ्का दुई खेलमा एक जित र एक हारसहित अंक तालिकामा रनरेटका आधारमा तेस्रो स्थानमा छ।
नामिबिया एक जित र एक हारसहित दोस्रो स्थानमा हुँदा यूएई दुई खेलमा दुई हारसहित पुछारमा छ।
कात्तिक ३, २०७९ बिहीबार ०७:४५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।