पश्चिमी वायुको प्रभावले यी चार प्रदेशमा वर्षा हुनसक्ने

पश्चिमी वायुको प्रभावले यी चार प्रदेशमा वर्षा हुनसक्ने

काठमाडौं: मौसम पूर्वानुमान महाशाखाले आज केही स्थानमा वर्षाको सम्भावना रहेको जनाएको छ। नेपालको पश्चिमी भू-भागमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको कारण आज केही स्थानमा वर्षा हुने भएको हो।

यतिबेला देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहेको छ।

आज दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा र बाँकी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना छ।

आज राति देशका पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना छ।

कात्तिक ३, २०७९ बिहीबार ०७:१४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।