सहकारीबाट ऋण मिलाइदिन्छु भनि ठगी गर्ने व्यक्ति पक्राउ   

सहकारीबाट ऋण मिलाइदिन्छु भनि ठगी गर्ने व्यक्ति पक्राउ   

काठमाडौं : सहकारीबाट ऋण मिलाइदिन्छु भनि ठगी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेकाे छ।

पक्राउ पर्नेमा ललितपुरकाे महालक्ष्मी नगरपालिका-१ कृष्णमन्दिर इमाडोल बस्ने ५६ वर्षीय मणी कुमार थापालाई प्रहरीले मंगलबार दिउँसो पक्राउ गरेको छ।

थापाले आफू काठमाडौं महानगरपालिका-३ बाँसवारीस्थित चण्डोल बहुउद्देश्यीय सहकारी संस्थाको सञ्चालक भएको भन्दै उक्त सहकारी संस्थाबाट ३० लाख रुपैयाँ ऋण मिलाईदिन्छु भनि विश्वास दिलाएर ३ लाख १२ हजार रूपैयाँ लिई ऋण उपलब्ध नगराएकाे काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएकाे छ।

अनुसन्धानको क्रममा उल्लेखित बहुउद्देश्यीय सहकारी संस्था दर्ता नै नरहेको पाइएकोले मणी कुमारको नाममा काठमाडौं जिल्ला अदालतबाट पक्राउ अनुमति लिई ललितपुर महालक्ष्मी नगरपालिका-१ इमाडोलबाट उनलाई पक्राउ गरेको हो।

कात्तिक २, २०७९ बुधबार २०:५३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।