प्रहरीले पायाे ११८ वटा स्मार्ट कार्ड लाइसेन्स रिडर, चेकिङलाई तीव्र बनाइने

प्रहरीले पायाे ११८ वटा स्मार्ट कार्ड लाइसेन्स रिडर, चेकिङलाई तीव्र बनाइने

काठमाडौं : यातायात व्यवस्था विभागले नेपाल प्रहरीलाई १ सय ९८ थान स्मार्ट कार्ड लाइसेन्स रिडर हस्तान्तरण गरिएको छ।

विभागमा बुधबार आयोजित एक कार्यक्रमबीच महानिर्देशक टोकराज पाण्डेयले नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक दिवेश लोहनीलाई उक्त लाईसेन्स रिडर हस्तान्तरण गरेका हुन्।

सो अवसरमा प्रहरी अतिरिक्त महानिरीक्षक दिवेश लोहनीले २१औं शताब्दीमा छिटो छरितो एवम् तथ्यमा आधारित काम कारबाही गर्न यस्ता किसिमका प्रविधी नेपाल प्रहरीलाई आवश्यक रहेको बताए।

साथै उनले स्मार्ट कार्ड लाइसेन्स रिडर उपलब्ध गराएकोमा यातायात व्यवस्था विभागलाई धन्यवाद दिए।

कात्तिक २, २०७९ बुधबार २०:४५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।