नवौं राष्ट्रिय खेलकुद : दुई सय ४८ पदक सहित आर्मी शीर्ष स्थानमा

पोखरा : गण्डकी प्रदेशमा आयोजना भइरहेको नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा विभागीय टिम नेपाल आर्मी क्लबले फराकिलो अग्रता बनाएको छ।
९ सय १६ पदकको छिनोफानो हुँदा ११४ स्वर्ण, ७६ रजत र ५८ काँस्यसहित आर्मीले कुल २४८ पदक हात पारिसकेको छ। दोस्रो स्थानमा विभागीय टिम नेपाल पुलिस क्लब रहेको छ। पुलिसले ४५ स्वर्ण, ४१ रजत र ४९ काँस्यपदक सहित १३५ पदक जितेको छ।
अर्को विभागीय टिम एपीएफले ३७ स्वर्ण, ४३ रजत र ६६ काँस्यसहित कुल १४६ पदक हात परेको छ। यसैगरी गण्डकी प्रदेशले २४ स्वर्ण, २३ रजत र ३९ काँस्यसहित ८६ पदक जित्दा बागमती प्रदेशले १९ स्वर्ण, ३३ रजत र ४३ काँस्य सहित कुल ९५ पदक आफ्नो पोल्टामा पारेको छ।
त्यस्तै एनआरएनएले १० स्वर्ण, ७ रजत ६ काँस्यसहित २३ पदक, सुदुर पश्चिम प्रदेशले ८ स्वर्ण, ४ रजत, २४ काँस्यसहित ३६ पदक, प्रदेश १ ले ५ स्वर्ण २० रजत र ३४ कास्यसहित ५९ पदक, मधेश प्रदेशले ५ स्वर्ण, ७ रजत र २० काँस्यसहित ३२ पदक जितेका छन्।
त्यसैगरी, लुम्बिनी प्रदेशले ३ स्वर्ण, १५ रजत र २६ कास्य सहित ४४ र कर्णाली प्रदेशले १ स्वर्ण, २ रजत, ९ काँस्यसहित १२ पदक हात पारेको आयोजक राष्ट्रिय खेलकुद परिषद्ले जनाएको छ।
कात्तिक २, २०७९ बुधबार २०:२७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।