२८ लाख घुससहित खानेपानी कार्यालय रामेछापमा इन्जिनियर र प्लम्बर पक्राउ

काठमाडाैं : अख्तियार दुरुपयाेग अनुसन्धान आयाेगले २८ लाख घुससहित खानेपानी तथा सरसफाई डिभिजन नं. ४, बागमती, प्रदेश, मन्थली रामेछापका दुई कर्मचारीलाई पक्राउ गरेकाे छ।
पक्राउ पर्नेमा इन्जिनियर (आठौं तह) नवराज सत्याल र करारमा कार्यरत प्लम्बर बखत बहादुर थापा रहेकाे आयाेगका प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए।
खानेपानी सम्बन्धी कामको भुक्तानी वापत सेवाग्राहीसँग घुस माग गरिरहेको भन्ने सूचनाका आयाेगकाे मुख्य कार्यालय टंगालबाट खटिएकाे टोलीले सत्याल र थापालाई पक्राउ गरेकाे हाे।
सेवाग्राहीबाट १६ लाख रूपैयाँ नगद र १२ लाख रूपैयाँको चेक लिइसकेको अवस्थामा उक्त रकम र चेकसहित उनीहरूलाई मन्थली-१ स्थित इन्जिनियरको निवासबाट पक्राउ गरि अनुसन्धान सुरु गरिएकाे प्रवक्ता भण्डारीले बताए।
कात्तिक २, २०७९ बुधबार १९:०५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।