बझाङमा भीरबाट खसेर टुक्रा-टुक्रा भयाे जिप, ६ जनाकाे मृत्यु

काठमाडाैं : बझाङको मष्टा गाउँपालिकामा जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ।
डुङ्ग्रीबाट गाउँपालिकातर्फ गइरहेको जिप बुधबार दिउँसो चार बजे सडकबाट करिब तीन सय मिटर तल खोल्सामा खस्दा ६ जनाकाे मृत्यु भएकाे गाउँपालिका अध्यक्ष ज्ञानबहादुर बाेहराले उकेरालाई जानकारी दिए।
दिउँसो ४ बजेतिर भएको दुर्घटनामा परी ७ जना घाइते भएका अध्यक्ष बाेहराले बताए। जिपमा कति जना सवार थिए भन्ने एकिन भइसकेको छैन।
जीप टुक्राटुक्रा भएका कारण नम्बर प्लेट समेत भेटिएको छैन भने नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी र स्थानीय उद्धार कार्यमा जुटिरहेका छन्।
कात्तिक २, २०७९ बुधबार १८:२५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।