फ्रि भिसा, फ्रि टिकटमा विदेश पठाइदिने भन्दै भाेट मागेका उम्मेदवारलाई आयाेगले साेध्याे स्पष्टिकरण

फ्रि भिसा, फ्रि टिकटमा विदेश पठाइदिने भन्दै भाेट मागेका उम्मेदवारलाई आयाेगले साेध्याे स्पष्टिकरण

काठमाडाैं : निर्वाचन आयोगले आचारसंहिताको उल्लंघन हुने गरी प्रचारप्रसार गरेको विषयमा प्रतिनिधिसभा सदस्य बारा क्षेत्र नं. ४ का उम्मेदवार कृष्णकुमार श्रेष्ठसँग २४ घन्टाभित्र स्पष्टिकरण साेधेकाे छ।

उम्मेदवार श्रेष्ठले बेरोजगार युवालाई फ्रि भिसा, फ्रि टिकटमा विदेश पठाइदिने भनि मतदतामाझ बोलेको भिडियो प्राप्त भएकोले निर्वाचन आयोगमा वा उम्मेदवारी रहेको निर्वाचन अधिकृतको कार्यालयमा लिखित स्पष्टीकरण पेश गर्न भनिएकाे आयाेगले जनाएकाे छ।

निर्वाचन आचारसंहिता, २०७९ को दफा ४ मा सबैले पालना गर्नुपर्ने आचरण अन्तर्गत खण्ड (न) मा 'कुनै प्रकारले निर्वाचनको स्वच्छता वा निष्पक्षतालाई प्रभावित गर्ने गरी कुनै कार्य गर्न नहुने' व्यवस्था रहेको स्मरण गराउँदै आयोगले बारा लगायतका जिल्लाबाट युवाहरुलाई जम्मा गरी प्रलोभन देखाउनुभएको सम्बन्धमा के कसो भएको हो ? भनी पत्र पठाएको छ.

कात्तिक २, २०७९ बुधबार १८:०६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।