थप ४८ जना कोरोना संक्रमित, ५० संक्रमणमुक्त

थप ४८ जना कोरोना संक्रमित, ५० संक्रमणमुक्त

काठमाडौं : देशभर पछिल्लो २४ घण्टामा थप ४८ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ।

पछिल्लो २४ घण्टामा १ हजार ७ सय ८३ जनाको नमूना परीक्षण गर्दा ४८ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।

बुधबार ५० जना संक्रमित संक्रमणमुक्त भएका छन् भने देशभर ७ सय २८ जना सक्रिय संक्रमित रहेका छन्।

त्यस्तै, २४ घण्टामा कोरोनाका कारण कसैको पनि मृत्यु नभएको मन्त्रालयले जनाएको छ।

कात्तिक २, २०७९ बुधबार १७:५८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।