नवौं राष्ट्रिय खेलकुद : ट्राइयाथलनमा पुरुषतर्फ आर्मी र महिलामा एपीएफलाई स्वर्ण

नवौं राष्ट्रिय खेलकुद : ट्राइयाथलनमा पुरुषतर्फ आर्मी र महिलामा एपीएफलाई स्वर्ण

पोखरा : गण्डकी प्रदेशमा चलिरहेको नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत ट्राइयाथलन प्रतियोगितामा नेपाल आर्मी र सशस्त्र प्रहरी बलको एपीएफ क्लबले एक–एक स्वर्ण जितेका छन्।

बुधबार पोखरामा भएको ट्राइयाथलन प्रतियोगितामा पुरुषतर्फ नेपाल आर्मीका वसन्त थारु र महिलातर्फ एपिएफकी सोनी गुरुङले स्वर्ण पदक जितेका हुन्।

पुरुषतर्फ निर्धारित २० किमी साइक्लिङ, ७ सय ५० मिटर पौडी र ५ किमि दौड १ घण्टा ९ मिनेट ४३ सेकेन्डमापार गर्दै आर्मीका थारुले स्वर्ण पदक जितेका हुन्।

महिलातर्फ भने निर्धारित दूरी १ घण्टा १६ मिनेट २८ सेकेन्डमा पार गर्दै एपीएफकी सोनी गुरुङले स्वर्ण पदक जितिन्।

प्रतियोगिताको पुरुषतर्फ १ घण्टा १० मिनेट ५ सेकेन्डमा पार गर्दै आर्मीकै दीपेश चौधरीले रजत जित्दा नेपाल प्रहरीका मौलिक महर्जनले १ घण्टा  १४ मिनेट ५६ सेकेन्डमा दूरी पार गर्दै काँस्य जिते।

त्यस्तै, महिलातर्फ नेपाल प्रहरीकी श्रीवी महर्जनले १ घण्टा १९ मिनेट १५ सेकेन्डमा निर्धारित दूरी पार गर्दै रजतपदक जित्दा आर्मीकी केशरी थापाले १ घण्टा ३२ मिनेट २९ सेकेन्डमा पार गर्दै काँस्यपदक जितिन्।

कात्तिक २, २०७९ बुधबार १७:१८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।